कैलालीमा राष्ट्रिय वाणिज्य बैंकको छतबाट खसेर एक जनाको मृत्यु

कैलालीमा राष्ट्रिय वाणिज्य बैंकको छतबाट खसेर एक जनाको मृत्यु

धनगढी : राष्ट्रिय वाणिज्य बैँकको छतबाट खसेर कैलालीमा एक जनाको मृत्यु भएको छ । गएराती लम्कीमा रहेको राष्ट्रिय वाणिज्य बैँकको शाखा कार्यालयको दोस्रो तलाबाट खसेर ४६ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका घर भएका पन्त बैँकमा कार्यालय सहयोगी पदमा कार्यरत रहेको ईलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरिक्षक ज्ञानेन्द्र चन्दले बताए । छतबाट खसेर गम्भीर घाईते भएका पन्तको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको निरिक्षक चन्दले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनी बैंक रहेको भवनको माथिल्लो तलामा बस्दै आएका थिए । उनी राति करिव ९ बजेतिर छतबाट खसेको बताएको छ । उनलाई उपचारका लागी टीकापुर अस्पताल रिफर गरिएको थियो तर अस्पताल पु¥याउन नपाउँदै मृत्यु भएको प्रहरीले जनाएको छ ।