धनगढी : सुदूरपश्चिम प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल आईडल सिजन २ का विजेता रवि वडलाई सुदूरपश्चिमको पर्यटन दूतमा नियुक्त गरेको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित सप्तरंग २ कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले रवि ओडलाइ प्रदेशको पर्यटन दूतका रूपमा नियुक्त गरेको घोषणा गर्दै प्रमाणपत्र दिनु भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मन्त्री भट्टले भिजिट नेपाल २०२० लाई सफल बनाउने उद्देश्यले आईडल वडलाई सुदूरपश्चिम प्रदेशको पर्यटनदुतमा नियुक्त गरेको बताउनुभयो ।
आफ्नो कलाकारिताका माध्यमवाट देश विदेशमा सुदूरपश्चिमको पर्यटकीय क्षेत्र, संस्कृति, रहन सहन तथा स्थानीय उत्पादनहरुको प्रचार प्रसार मा सहयोग पुग्ने उद्देश्यले उहाँलाई पर्यटन दूतमा नियुक्त गरिएको मन्त्री बताउनु भएको छ ।