क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली

क्रिकेटर सचिन तेन्दुलकरले भेटे प्रधानमन्त्री ओली

चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकरले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटे गरेका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत फोटो सार्वजनिक गर्दै सचिनसँग भेट भएको जानकारी दिएका हुन्।

प्रसिद्ध क्रिकेट खेलाडी र युनिसेफको सद्भावना दूतसँगको भेटले खुसी लागेको भन्दै प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षण र उनीहरूको हितका लागि नेपालमा गरेका प्रयासको सराहना पनि गरेका छन्। 

सचिन संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) को कार्यक्रममा सरिक हुन नेपाल आएका हुन्। बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा युनिसेफले उनलाई नेपाल बोलाएको हो। सचिन युनिसेफका दक्षिण एसिया सद्भाव दूत हुन्। 

शुक्रबार नेपाल आएका उनले शनिबार टियु क्रिकेट मैदानमा बालबालिकासँग क्रिकेट खेलेका थिए। साथै आइतबार बिहान उनले पशुपति दर्शन गरेका थिए। उनी आज नै भारत फर्कने तय भएको छ।