‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाकाे जाेडी

‘ए मेरो हजुर ४’ मा अनमोल र सुहानाकाे जाेडी

चलचित्र ‘ए मेरो हजुर– ४’ मा नायक अनमोल केसी अनुबन्धित भएका छन्। चर्चित लभस्टोरी सेरिज ‘ए मेरो हजूर’ को चौथो श्रृंखलामा अब सुहाना थापासँग अनमोलको जोडी बाधिने भएको हो।

शनिबार ‘ए मेरो हजुर ४’को लागि अनमोलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। अनमोल ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका हुन्।होम प्रोडक्सनको सिनेमामा सुहाना यसअघि नै फाइनल भैसकेकी थिइन्।

यो चलचित्रलाई झरना थापाले निर्देशन र सुनिलकुमार थापाले निर्माण गर्नेछन्। अनमोल र सुहानाले यो भन्दा अगाडि ‘ए मेरो हजुर ३’ मा सँगै काम गरेका थिए। उनीहरुको कामलाई दर्शकले रुचाएका थिए। सुहानाले यही चलचित्रमार्फत डेव्यू गरेकी थिइन्।

‘ए मेरो हजुर ३’मा अनमोल र सुहानाको जोडीलाई दर्शकले अत्याधिक रुचाएका कारण दोस्रो पटक सहकार्य गरिएको निर्देशक थापाले बताइन्। म्युजिकल लभस्टोरी सिरिज ‘ए मेरो हजुर’ दर्शक माँझ लोकप्रिय भएकाे थियाे।

सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ४’ माघ २० देखि छायाँकनमा जानेछ। नेपाल, ओमान र होल्याण्डमा छायांकन हुने चलचित्रको कास्ट एण्ड क्रु फाइनल भैसकेका छैनन्।