धनगढी : धनगढी विमानस्थल आईतबार देखि १ महिनाको लागि बन्द हुने भएको छ । मंसिर १ गतेदेखि गत जेठमा १८ सय मिटर मध्ये चार सय २० मिटर कालोपत्रे धावन मार्गमा र पार्किङ क्षेत्रमा ओभरले को काम बाँकी रहेको छ ।
त्यसलाई निरन्तरता दिन दिउँसो ३ बजेदेखि साँझ ७ बजे सम्मका लागि बन्द आशिंक बन्द हुने धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिनुभयो ।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ ।