प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, तेस्रोपटक डायलासिस गरिँदै

प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालमा, तेस्रोपटक डायलासिस गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौलाको तेस्रोपटक डायलाइसिस गरिने भएको छ । राजधानीको धापासीस्थित ग्राण्डी अस्पतालमा  शनिबार प्रधानमन्त्री ओलीको डायलाइसिस गर्न लागिएको बालुवाटार स्राेतले जनाएको छ । त्यसका लागि प्रधानमन्त्री ओली अहिले ग्राण्डी अस्पताल पुगेका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर उनकाे मृर्गौलाको पछिल्लाे समय समस्या देखिएकाे छ ।

प्रधानमन्त्री ओली १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउन स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर फेरिसस प्लाज्माफेसेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

पछिल्लोपटक उनको डायलाइसिस थालिएको छ । डायलासिसले नभएमा पुनः मृर्गौला नै प्रत्यारोपण गराउने विषयमा पनि चिकित्सकहरूले छलफल गरिरहेका छन् ।