कमला घिमिरेको गीत ट्रेण्डिङको पहिलो नम्बरमा (भिडियोसहित)

कमला घिमिरेको गीत ट्रेण्डिङको पहिलो नम्बरमा (भिडियोसहित)

चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ युट्युवको ट्रेण्डिङको पहिलो नम्बरमा आएको छ । दुई दिनमा उक्त भिडियोलाई १२ लाखभन्दा बढिले हेरिसकेका छन् ।

शुभारम्भ डिजिटल म्युजिक नाम च्यानलमार्फत सार्वजनिक गरिएको उक्त भिडियोमा चर्चित लोकदोहोरी गायक बद्री बंगेनी, निर्देशक तथा मोडल शंकर बिसी, मोडलहरु अञ्जली अधिकारी, करिश्मा ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

कमलाको उक्त गीत बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो । क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।