मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ

मोटरसाईकल चोरी गर्ने एकजना पक्राउ

धनगढी : धनगढीमा मोटरसाईकल चोर्ने एक जना प्रकाउ परेका छन । धनगढी उपमहानगरपालीका वडा नम्बर २ चौराहामा रहेको पल्टा क्याफेको अगाडि पार्किङ गरी राखेको मोटरसाईकल चोरी भएको थियो । धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बस्ने गगन के सि को से ७ प ५५७ नम्बरको पल्सर मोटर साईकल चोरी भएको थियो ।

त्यस लगत्तै प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले बुधवार कञ्चनपुर बेलौरी नगरपालिका वडा नं ४ बस्ने शुभम भट्ट लाई मोटरसाईकल सहित  प्रकाउ गरेको जिल्ला प्रहरी नायब उपरिक्षक दक्ष कुमार बस्नेत जानकारी दिनुभयो ।