सेती प्रादेशिक अस्पतालका मेसु डा.पाण्डेय विरुद्ध अख्तीयारमा उजुरी

सेती प्रादेशिक अस्पतालका मेसु डा.पाण्डेय विरुद्ध अख्तीयारमा उजुरी

धनगढी । सेती प्रादेशिक अस्पताल, धनगढीका मेडिकल सुपरिडेन्ट (मेसु) डाक्टर हेमराज पाण्डेय विरुद्ध अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय, कञ्चनपुरमा कानुन विपरित र अनियमित काम गरेको भन्दै छानविन सहित कार्बाहीको माग गरि उजुरी गरिएको हो । 


उजुरीमा मेसु डा. पाण्डेय सहित लेखा अधिकृत मदन सिहं महराको नाम उल्लेख गरिएको छ । दुबै जनाको मिलेमतोमा अस्पतालको शाख घटाउनेगरि विभिन्न गतिविधिहरु संचालन गरिएको भन्दै धनगढी उपमहानगरपालिकाका जयराज अवस्थीले अख्तियार लाई छानविन सहित कार्बाहीको माग गर्दै लिखित उजुरी दिएका हुन् । 


उजुरीमा धनगढी बाहिरका डाक्टरहरु प्रयाप्त आवास नहुदा भाडामा बस्नु परेको अवस्थामा मेसु पाण्डेयले सरकारी आवासमा ताला लगाई आफु निजि निवासमा बस्ने गरेको, मनपरि ढङ्गले आवास वितरण गर्ने गरेको, अस्पताल हाता भित्र सञ्चालनमा रहेका निजि मेडिकल हरुलाई हटाउन पटकपटक ताकेता हुदाँ समेत आर्थीक प्रलोभनका कारण नहटाएको, आर्थीक अनियमीता लगायतका विभिन्न आरोप उल्लेख गरिएको छ ।  

 
मेसु डा. पाण्डेयले अस्पलात सुदृढीकरण निर्देशिका २०७६ विपरित एकलौटी रुपमा आफ्ना नातेदार तथा नजिकका मान्छेहरुलाई चिकीत्सक लगायतका कर्मचारी भर्ना गरेको समेत उल्लेख छ । निर्देशिकामा स्पष्ट रुपमा कर्मचारी नियुक्त गर्दा अस्पताल विकास समितीको निर्णय बमोजिम गर्नुपर्ने उल्लेख गरिएको छ । 


 डा. पाण्डेयले आमा सुरक्षा कार्यक्रममा समेत खुला प्रतिष्पधा नगराई आफ्नी भाइ बुहारी जानकी पाण्डेय र लेखा अधिकृत महराकी सालीलाई नियुक्त गरेको आरोप लागेको छ ।  


अस्पतालको महत्वपुर्ण जिम्मेवारीमा भ्रष्टाचाको आरोप लागी ७ बर्ष निलम्बलमा परेका तथा अपहरणको नाटकगरि आफन्त बाटै १५ लाख रमक फिरौती मागेका जगत सिंहलाई महत्वपुर्ण फाँट स्टोरको जिम्मा दिइएको आरोप समेत उजुरीमा उल्लेख गरिएको छ । 


डा. पाण्डेयले सुचिदर्ता विना नै छपाई, मसलन्द तथा अन्य सामानहरु खरिद गर्ने गरेको, कपडा धुलाई गर्ने लाखौका मेशिनहरु थन्कायर धोवि संगको मिलेमतोमा बाहिरबाट काम गराउने गरेको उजुरीमा उल्लेख गरिएको छ । 


मेसु डा. पाण्डेयलाई रंगरोगन तथा मर्मतका नाममा करौडौ रकम हिनामिना गरिएको समेत आरोप लागेको छ । 

श्रोतका अनुसार समायोजनमा गइसकेका कर्मचारीलाई समेत अस्पतालमै रोक्न सिफारिश गर्ने गरेका मेसु पाण्डेयले अस्पलात लाई भन्दा आफ्नो निजि मेडिकललाई बढी प्राथमिकता  दिने गरेको आरोप लाग्ने गरेको छ । 

विगत लामो समयदेखी मेसु पाण्डेय अस्पतालको ओ.पी.डी विभाग र  “राउन्डीङ” मा विरामी हेर्न गएका छैनन् ।अस्पतालको प्रमुख जस्तो जिम्मेवारीमा रहेका डा.पाण्डेयले अस्पलातको सेवा सुधारको लागी पहल गर्नुको सट्टा आफै अस्पतालको समय मै प्राइभेट मेडिकलमा विरामी जाच्ने गरेको भन्दै पटकपटक उनको चर्को आलोचना हुने गरेको छ ।