ए मेरो प्रिय प्रधानमन्त्री संसार जित्ने तिमी
आज सिमा मिचिदा कता हरायौ
हिजो आफ्नो एक इन्च जमिन कसैले प्रयोग गर्दा
छातिमा गोलि हान्न तयार हुने तिमी
आज कालापानी लुटिदा कता हरायौ
आज लिपुलेग लुटिदा कता हरायौ
आज लिम्पियाधुरा लुटिदा कता हरायौ
यति सम्म निच कसरी बन्न सकेउ तिमी
आफ्नो देशको स्वाभिमान लुटिदा किन बोल्दैनौ ?
हिजो देशभक्त हु भन्दै हिड्ने तिमी
आज आफ्नै देश लुटिरहदा कता हरायौ तिमी ?
सम्वृद्द नेपाल खुशी नेपाली भन्दै हिड्ने तिमी
कसरी सोच्न सकेउ कि आफ्नै
देशको सिमा मिचिरहदा
नेपाली खुशी हुन्छन भनेर ?
तिमी यति सम्म नालायक रहेछौ
भन्ने कुरा सोचेको नै थिएन
आफ्नो देशको सिमा लुटिरहदा पनि यति सम्म
मौन बस्छौ भन्ने सोचेको नै थिएन ।
आभास उपाध्याय