एलपिएल : लिटल फ्लावर लगातार च्याम्पीयन

एलपिएल : लिटल फ्लावर लगातार च्याम्पीयन

धनगढीको लिटल फ्लावर स्कुल धनगढीमा जारी निष्ट कलेज लिटल फ्लावर प्रिमियर लिगको चौथो संस्करणको विजेता बनेको छ ।

संघीय प्रहरीको मैदानमा मङ्गलवार सम्पन्न भएको फाइनलमा हिमालयन ह्वाइट हाउस काठ्माडौंलाई ९ विकेटले पराजित गर्दै लिटल फ्लावरले उपाधि उचालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ३७ रन बनायो । उसका लागी दिपक बोहराले ३४, सुमित श्रेष्ठले २५ र सुदिप बस्नेतले १८ रनको योगदान दिए ।

लिटल फ्लावरका लागी दिपक रोकाया र अनुराग सिंहले समान २/२ विकेट लिए । १ सय ३८ रनको विजय लक्ष्य सहित मैदान उत्रेको लिटल फ्लावरले १८.१ ओभरमा १ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

उसका लागि सुबोध ऐरल अविजित ६८ रन प्रहार गरे । कप्तान विपिन रावलले टिमलाई ४८ रनको योगदान दिए । त्यस्तै नरेन्द्र भट्ट १२ रनमा अविजित रहे । हिमालयनका विक्रम ठगुन्नाले १ विकेट लिए ।

खेलमा लिटल फ्लावरका सुवार ऐर म्यान अफ दि म्याच भए । उपाधिसँगै लिटल फ्लावरले नगद २ लाखसहित ट्रफी र प्रमाणपत्र हात पारको छ । हिमालयन भने एक लाखमा चित्त बुझाउन बाध्य भएको छ ।