१४४ रुपैयाँमा किनेको फूलदानी लीलामीमा ७ करोडमा बिक्यो

१४४ रुपैयाँमा किनेको फूलदानी लीलामीमा ७ करोडमा बिक्यो

कहिलेकाहीँ हामी कुनै चीजलाई साधारण सम्झेर किन्ने गर्छौ, जबकि हामी त्यसको महत्व थाहाँ पाएपछि अचम्ममा पर्ने गर्छौ । बेलायतका एक व्यक्तिलाई यस्तै भएको छ । उनले परोपकारी पसलको लीलामीमा १४४ रुपैयाँमा चिनियाँ फूलदानी किनेका थिए ।

उक्त समयमा उनलाई यसको महत्वको बारेमा थाहै थिएन । जब उनलाई यसको साचो कुरा थाहाँ भयो उनी अचम्ममा परेका थिए । वास्तवमै उनले फूलदानी किनेको केही दिनपछि यो सामग्री बिक्रीका लागि ई–कमर्श कम्पनी ईबेमा बिक्रीका लागि प्रयास गरे ।

त्यहाँ उनलाई फूलदानीका लागि लाखौ रुपैयाँ दिनका लागि तयार भए । यसपछि उनले फूलदानी लीलामी गर्ने फैसला गरे । यसपछि फूलदानीलाई एसेक्समा रहेको एवोर्ढस फाइन आर्टमा लीलामीका लागि लगियो ।

लीलामीमा थाहाँ भयो कि जुन फूलदानीलाई उक्त व्यक्तिले साधारण सोचेका थिए, वास्तवमै त्यो ३०० वर्ष पुरानो भएको थाहाँ भयो । यसलाई एक चिनियाँ व्यक्तिले ७ करोड रुपैयाँमा खरिद गरेका थिए । यद्यपि सुरक्षलाई मध्यनजर गर्दै किन्ने र बिक्री गर्ने व्यक्तिको नाम भने गोप्यनै राखिएको छ ।

मिडिया रिर्पोटका अनुसार यो फूलदानीलाई १८ औं सताब्दीमा एक चिनियाँ सम्राट कियानलोगका लागि बनाइएको थियो । जसको शासनकाल १७३५ देखि १७९६ सम्म चलेको थियो । उक्त समयम फूलदानीमा राजवंशको छाप पनि लगाइने गरिन्थ्यो ।

स्वोर्डसमा रहेका एशियन आर्ट विभागका प्रमुख येक्सू लीका अनुसार यो अचम्मको फूलदानीको बिक्रीमा जुन पैसा उपलव्ध भएको छ, यसको प्रयोग उक्त व्यक्तिले आप्mनो ३ वर्षकी छोरीको पढाइमा खर्च गर्नेछन् । यसका अतिरिक्त बाँकि रहक उनी आवश्यक बस्तुको प्रयोगमा खर्च गर्नेछन् ।