प्रदेश ७ मै पहिलो पटक माया मेट्रो अस्पतालले ग¥यो कलेजोको दुर्लभ रोगको सफल शल्यक्रिया

प्रदेश ७ मै पहिलो पटक माया मेट्रो अस्पतालले ग¥यो कलेजोको दुर्लभ रोगको सफल शल्यक्रिया

धनगढी : धनगढीमा सञ्चालनमा आएको माया मेट्रो अस्पतालले दुरवीन प्रविधिबाट कलेजोको दुर्लभ रोग ‘हाईडेटिक किस्ट’ को सफल शल्यक्रिया गरेको छ । 

अस्पतालले यस्तो प्रकारको शल्यक्रिया प्रदेश ७ मा पहिलो पटक समेत गरेको दावी गरेको छ ।

अस्पतालका अप्रेशन चिकित्सक डा. विनय तिमिल्सिना र वरिष्ठ एनेस्थेस्टिस्ट डा. मोहनराज भट्टराईले चार घण्टा लगाएर बझाङको सुर्मा गाउपालिकाकी २२ वर्षिया सेतु बोहराको शल्यक्रिया गरेका हुन । 

पेट दुख्ने, खाना अरुचि हुने लगायतका समस्याबाट पिडित सेतु यसअघि धनगढीका अन्य अस्पतालमा उपचार गराउदा सन्चो नभएपछि माया मेट्रो अस्पतालमा आएकी थिईन । 

उनको अवस्था सामान्य रहेको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले जानकारी दिए ।