मंसीर २० गते बित्तीय सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय

मंसीर २० गते बित्तीय सम्मेलन गर्ने प्रदेश सरकारको निर्णय


सुदूरपश्चिम प्रदेश सरकारले आगामी मंसीर २० गते धनगढीमा सुदूरपशिचम बित्तिय सम्मेलन गर्ने निर्णय गरेको छ । 
प्रदेश मन्त्रीपरिषदको बिहीबार बसेको बैठकले आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराको प्रस्तावमा मंसीर २० गते बित्तीय सम्मेलन गर्ने निर्णय गरेको हो । प्रदेशमा लगानी जुटाउन प्रदेश सरकारले बित्तीय सम्मेलन गर्न लागेको हो । मन्त्रीपरिषदको बिहीबारको बैठक आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रास्तावहरुमै केन्द्रित रहेको थियो । मन्त्रालयकै प्रस्तावमा प्रदेशले स्थानीय तहहरुलाई दिने सम्पू्ररक र बिशेष अनुदान सम्बन्धी कार्यविधिहरुमा पनि संशोधनको निर्णय गरिएको छ । कार्यविधिहरुमा प्रस्ताव गरिएको संशोधन बिहीबारको बैठकबाट पारित भएका छन् । प्रदेश राजधानी पूर्वाधार विकास समिति गठन आदेश २०७६ पनि पारित गरेको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकिय सचिव शिब ओलीले जानकारी दिनुभयो ।