बसको ठक्करबाट गम्भिर घाईते भएका दुई बालकको मृत्यु

बसको ठक्करबाट गम्भिर घाईते भएका दुई बालकको मृत्यु

बौनिया  । बौनियामा बसको ठक्करबाट गम्भिर घाईते भएका दुई बालकको मृत्यु भएको छ । बर्दगोरिया गाँउपालिका १ बौनिया बजार नजिकै महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको महाकाली यातायातको ना ७ ख ६०४६ नम्बरको बसको ठक्करवाट गम्भिर घाईते भएका दुवैको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मामाघर गएका घोडाघोडी नगरपालिका वडा नम्बर ८ का १२ वर्षिया लक्ष्मण चौधरी र बर्दगोरिया गाँउपालिका वडा नम्बर १ का ८ बर्षिया अंशु चौधरी रहेका छन् । साईकलमा बिपरीत दिशाबाट आईरहेका बालकलाई बसले अन्य सवारी साधनलाई उछिन्न खोज्दा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

गम्भिर घाईते दुबैजनालाई बर्दगोरिया अस्पतालमा सामान्य उपचार पछि नेपालगंज रेफर गरीएको थियो । ति मध्ये एक बालकलाई नेपालगंजवाट फेरि भारतको लखनउमा लगिएको थियो । दुवैको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीको नियन्त्रणमा रहेका छन् ।