अमरगढी पार्कमा ढकमक्क फूल

अमरगढी पार्कमा ढकमक्क फूल

डडेलधुराको अमरगढी नगरपालिका–२ मा रहेको अमरगढी पार्क क्षेत्रमा ढकमक्क फुलेको सयपत्रीले सुगन्ध छरिरहेको छ। सयपत्रीसँगै ढकमक्क फुलेका अन्य फूलहरुले पार्कको शोभा अझैं बढाएको छ।

पार्कको संरक्षणमा अहिले अमरगढी नगरपालिकाले ध्यान दिएपछि पार्कको मुहार फेरिएको हो। जनप्रतिनिधि आउनुभन्दा अगाडि करोडौंका संरचना निर्माण गरे पनि उचित संरक्षणको अभावमा जीर्ण अवस्थामा रहेको थियो। 

यहाँका सरोकारवाला, विभिन्न सामाजिक संघसंस्थाहरु अमरगढी पार्कको संरक्षणमा जुटेका हुन्। सदरमुकाम नजिकै चालिस मोडको पूर्वपट्टीको डाँडामा निर्माणाधीन पार्क उपभोक्ता समितिको बेवास्थाका कारण जीर्ण बन्दै गएको थियो। 

वैश्याधुरा सामुदायिक वनमा करिब ५०० वर्ग मिटरमा फैलिएको पार्कमा लगाइएका फूलका विरुवा हराएसँगै पार्क झाडीले ढाकिएको थियो।

तर, अहिले यहाँ फूलका विरुवाहरु लगाएर आर्कषक बनाइएको छ। फूल फुलेपछि झनै आर्कषक देखिएको छ पार्क। पार्कमा सदरमुकाममा अध्ययनरत विद्यार्थी, कर्मचारी घुम्न जाने गरेका छन्।