सनी विश्वकर्मा बने पहिलो 'आईएमई लोकस्टार'

धनगढी खबर    

सनी विश्वकर्मा बने पहिलो 'आईएमई लोकस्टार'

सनी विश्वकर्माले 'आईएमई लोकस्टार'को उपाधि जितेका छन् । पहिलो संस्करणको उपाधिसँगै रोल्पाका साढे सत्र वर्षीय सनीले नगद ५० लाख रूपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवनबिमा पाएका छन् । 

चेतन गोतामे, विनोद दनुवार तथा रामकुमार नेपाली पछिपार्दै उपाधि जितेका हुन् । यसैगरी रनरअप बनेका चेतन गोतामेले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।

सेकेण्ड रनर अप घोषित भएका विनोद दनुवारले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार प्राप्त गरे । शुक्रबार साँझ प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा भएको ग्र्याण्ड फिनालेमा पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जिते ।



शनिबार ०९, कार्तिक २०७६ ११:४४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस