भारतबाट भन्सार छली ल्याएको मिठाई सहित धनगढीमा दुई जना पक्राउ

धनगढी खबर    

भारतबाट भन्सार छली ल्याएको मिठाई सहित धनगढीमा दुई जना पक्राउ

धनगढी : कैलाली प्रहरीले भारतबाट भन्सार छली साईकलमा मिठाई ल्याई रहेको अवस्थामा सोमवार मिठाई सहितदुई जना  जनालाई प्रकाउ गरेको छ । धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा बस्ने ३३ बर्षका हेमन्त नेपाली र घटनामा संग्लन रमेश बहादुर धामीलाई प्रकाउ गरेको छ ।

नेपालीको २ कोठे कच्ची घर भित्र १७५ पेटी सोनपापडी, ८ पेटी पेडा, ४५ पेटी मिलककेक र मिठाई प्याक गर्ने कागज सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश सिश कार्कीले बताउनुभयो ।

उहाँका अनुसार सोही ठाउका रमेश बहादुर धामीले मगाएको खुल्न आएको बताउनुभयो । मरामद गरेको मिठाईमा उत्पादन मिति र अन्तिम मिति समेत नरहेको हुदा थप कारबाहीको लागी मिठाई र हेमन्त नेपालीलाइ  भन्सार कार्यालय कैलालीमा पठाईएको छ ।  



सोमबार ०४, कार्तिक २०७६ ०५:२९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस