यस वर्ष लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन

धनगढी खबर    

यस वर्ष लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन

 

धनगढी , यस वर्षको तिहारमा लक्ष्मीपूजा र कुकुर तिहार एकै दिन परेको छ।सोमबार पाञ्‍चांग निर्णायक समितिले विज्ञप्ति जारी गर्दै कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको जानकारी गराएको हो।

कात्तिक १० गते लक्ष्मीपूजा र कुकुर तिहार परेको निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए।बिहान कुकुरपूजा गरेर बेलुका लक्ष्मीपूजा गर्नुपर्ने उनको सुझाव छ। कात्तिक ८ गतेदेखि सुरु हुने तिहारको पहिलो दिन यमदीपदान, कात्तिक ९ गते कागतिहार पर्ने सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले जानकारी गराए।

प्रायजसो तिहारमा गाईपूजा र लक्ष्मीपूजा एकै दिन पर्ने भए पनि यो वर्ष भने कुकुर तिहारको दिन लक्ष्मीपूजा परेको छ। त्यस्तै कात्तिक ११ गते गाईगोरु पूजा, म्हपूजा परेको छ।

म्ह पूजाको दिन नेपाल सम्वत प्रारम्भ हुने भए पनि यस वर्ष भने म्हः पूजाको भोलिपल्टदेखि नेपाल सम्वतको नयाँ वर्ष ११४० प्रारम्भ हुनेछ ।नेपाल सम्वतको प्रारम्भ भने कात्तिक १२ गते मात्र हुनेछ । समितिका सदस्य सचिव ढुंगेलका अनुसार भाइटीका कात्तिक १२ गते र शुभसाइत दिनको ११:५५ मा रहेको छ।

 

 



सोमबार ०४, कार्तिक २०७६ ०२:२३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस