नेपाल र म्यानमा यु-२३ बीच दोहामा मैत्रीपूर्ण भिडन्त

धनगढी खबर    

नेपाल र म्यानमा यु-२३ बीच दोहामा मैत्रीपूर्ण भिडन्त

धनगढी ,  नेपाल यु-२३ राष्ट्रिय फुटबल टोलीले म्यानमा यु-२३ सँग कतारको दोहामा मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

घरेलु मैदानमा अर्को महिना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी स्वरुप खेल्न लागेको खेल आगामी शुक्रबार हुने अखिल नेपाल फुटबल संघ (एन्फाले जानकारी दिएको छ।

सागमा राष्ट्रिय टोलीका २३ वर्षमाथिका तीन खेलाडीले टोलीमा सहभागी हुन पाउनेछन्।

‘एक्सपोजरका लागि म्यानमासँगको मैत्रीपूर्ण खेल सकारात्मक हुनेछ,’ यु-२३ टोलीका प्रमुख प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘हाम्रा लागि यो एक कठिन चुनौती हो, तै पनि यसबाट घरेलु मैदानमा हुने सागको तयारीका लागि उल्लेख्य मद्दत पुग्ने छ।’

नेपाली यु–२३ टोली मंगलबार दोहा प्रस्थान गर्नेछ।



सोमबार ०४, कार्तिक २०७६ ०१:१९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस