द हन्ड्रेड : डेढ करोड मूल्यमा सन्दीप ओभल टिममा अनुबन्ध

द हन्ड्रेड :  डेढ करोड मूल्यमा सन्दीप ओभल टिममा अनुबन्ध

नेपाली युवा बलर सन्दीप लामिछाने बेलायत र वेल्समा आयोजना हुने द हन्ड्रेड क्रिकेट प्रतियोगितामा एक लाख पाउण्ड (१ करोड ४६ लाख नेपाली रुपैयाँ)मा खरिद भएका छन् ।

सन्दीपलाई ओभल इन्भेन्सीबल्सले टिममा एक लाख पाउण्डमा खरिद गरेको छ । पहिलो राउण्डमा उनी अनुबन्ध भएको टिमले सुनील नारानेलाई लिएको थियो भने दोस्रो राउण्डमा साम बिलिङ र सन्दीपलाई पिक गरेको थियो ।

यो टिमका प्रशिक्षक टम मुडी रहेका छन् भने घरेलु मैदान ओभल रहेको छ । यस्तै, टिमका मार्की वा इंग्ल्याण्ड खेलाडी साम कुरान रहेका छन् । टिममा लोकल आइकन खेलाडीका रुपमा जेसोन रोय र टोम कुरान रहेका छन् ।

सन्दीप केहि दिन अगाडी ४५ हजार डलरमा टी-१० क्रिकेटमा बिक्रि भएका थिए । सन्दीप विदेशी फ्रेन्चाइजी लिगमा अनुबन्ध भएकाे याे अहिलेसम्मकै ठूलाे रकम हाे । दाेस्राे सिजन बिग ब्यास लिग खेल्ने तयारीमा रहेका सन्दिपले मेलबर्न स्टार्सबाट खेल्नेछन । त्यसमा पनि उनले यसपटक माेटाे रकम पाउने छन ।

ड्राफ्टमा रहेका खेलाडीमा अफगानिस्तानका तीन खेलाडी बिक्रि भएका छन् । जसमा अलराउण्डर तथा पूर्व कप्तान मोहम्मद नाबीलाई लण्डन स्प्रिटले एक लाख पाउण्डमा किन्यो भने रासिद खानलाई ट्रेन्ट रकेट्सले एक लाख २५ हजार पाउण्ड टिममा लियो । यस्तै अर्का अफगान खेलाडी मुजिव उर रहमानलाई नोर्दन सुपरचार्जसले एक लाख २५ हजार पाउण्डमा टिममा भित्र्यो ।

सन्दीपको टिममा रहेका चर्चित खेलाडी

टोम कुरान, रेली रोस्वो, साम कुरान, जेसोन रोय, सुनील नारान, साम बिलिङ

द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १६ अगष्टसम्म हुनेछ । इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् ।

आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ । यस्तै दोस्रो र तेस्रोबीचको विजेताले फाइनलमा शीर्ष टिमसँग खेल्नेछ ।