धनगढी उपमहानगरपालिका द्वारा धनगढीका औषधी पसलहरुमा अनुगमन

धनगढी उपमहानगरपालिका द्वारा धनगढीका औषधी पसलहरुमा अनुगमन

धनगढी : धनगढी उपमहानगरपालिकाको समन्वयमा संयुक्त अनुगमन टोलीले आइतबार धनगढीमा औषधी पसलहरुको अनुगमन गरेको छ । टोलीले सेती प्रादेशिक अस्पताल वरिपरि रहेका औषधी पसलहरुमा अनुगमन गरेको हो । 

अनुगमनका क्रममा औषधी पसलहरुमा सञ्चालकहरु नभेटिएको, अर्कै ब्यक्तिको नाममा पसल दर्ता गरी औषधी पसल चलाएको, पसलमा डाक्टर राख्न चाहिने क्लिनिक सञ्चालन अनुमति नलिएको र क्लिनिक रहेका हरेक पसलमा रहेका प्रयोगशालाहरु समेत दर्ता नरहकेको पाइएको अनुगमन टोलीका सदस्य तथा धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुमभराजव शर्माले बताउनुभयो ।

कुनै कुनै औषधी पसलमा औषधी ब्यवस्था बिभागबाट जारी प्रमाण पत्र एक बर्ष समम्म पनि नवीरकण नभएको, चश्मा पसल सञ्चालन गर्ने अनुमति लिएर औषधी समेत बेचिरहेको समेत भेटिएकोले सबैलाई एक हप्ताको समय दिएर आवश्यक कागजपत्र बनाउन भनिएको उहाँले बताउनुभयो । 

अनुगमन टोलीमा धनगढी उपमहानगरपालिका, बाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा उपभोक्ता हित संरक्षण मञ्च सुदूरपश्चिम प्रदेश समिति र नेपाल पत्रकार महासंघका प्रतिनिधि रहनुभएको थियो ।