नागरिक आवाजका प्रधान सम्पादक दीपेन्द्र बस्नेत सम्मानित हुनु भएको छ । गैर आवासीय नेपाली सङ्घ एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले उहाँलाई एक थान ल्यापटप सहित सम्मान गर्नुभएको हो ।
गैर आवासीय नेपाली सङ्घ एन आर एन ए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले कञ्चनपुर लगायत सुदूरपश्चिमका मुद्दालाई पाठक सामु ल्याउनुपर्ने र आगामी यात्राको लागी शुभकामना दिनुभएको थियो ।
राष्ट्रिय सभा सदस्य इन्दु कडरिया विष्ट , एन आर एन ए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले सम्मान स्वरूप बस्नेतलाई ल्यापटप हस्तान्तरण गरेका थिए ।