तलब माग्दै शिक्षकले लगाए नगरपालिकामा ताला

तलब माग्दै शिक्षकले लगाए नगरपालिकामा ताला

धनगढी, धनुषाको सवैला नगरपालिकाको कार्यालयमा आइतबार सामुदायिक विद्यालयका शिक्षकले तालाबन्दी गरेका छन्।

लामो समयदेखि तलब नदिएको भन्दै नगरपालिका शिक्षकले ताला लगाएका हुन्।

विजयशंकरप्रसाद साहलाई पटकपटक तलब उपलब्ध गराउन आग्रह गरे पनि बेवास्ता गरेकाले बाध्य भएर नगरपालिकामा तालाबन्दी गरेको स्थानीय सरस्वती माविका शिक्षक अरुण ठाकुरले बताए।

उनले तलब उपलब्ध नगराएसम्म नगरपालिकाको कामकार्वाही संचालन गर्न नदिनेसमेत चेतावनीसमेत दिए। ‘नेपालीको महान पर्व दशैं हो।

तर, दशैंमा पनि हामीले तलब पाएनौँ। मेयरले यो त्यो बहाना बनाएर तलब दिने गरेका छैन’ उनले भने।

नगरपालिकाभित्र रहेका कुनै पनि विद्यालयका शिक्षकको पाँच महिनादेखि तलब नपाएको उनको भनाइ छ ।

यता, नगरपालिकामा तालाबन्दी गरे पनि मेयर साह सम्पर्कविहीन छन्। उनको मोबाइलमा सम्पर्क गर्ने प्रयास गर्दा रिङ गएर पनि 'रिसिभ' भइरहेको छैन।