केटी तयार थिइन्, कार्ड पनि बाँडिइसकेको थियो तर अन्तिममा विवाह गर्न मानेनन् सलमान !

केटी तयार थिइन्, कार्ड पनि बाँडिइसकेको थियो तर अन्तिममा विवाह गर्न मानेनन् सलमान !

 बलिउड अभिनेता सलमान खानको विवाहलाई लिएर मानिसहरूले निकै चासो दिन्छन् । उनले कहिले र कोसँग विवाह गर्छन् भन्ने कुरालाई खुब चासोका साथ हेरिन्छ । 

यद्यपि उनले विवाहबारे कुनै मिति र केटी फिक्स गरेका छैनन् । उनको नाम धेरै अभिनेत्रीहरूसँग जोडिए पनि विवाह भने गरेका छैनन् । 

भारतीय सञ्चारमाध्यम अमरउजलामा सलमान कुनै बेला विवाहका लागि तयार रहेको खबर प्रकाशित भएको छ । बताइएअनुसार उनको विवाहको कार्डसमेत छापिइसकेको छ । तर विवाह हुन पाएन । 

 

यो कुरा सलमानका साथी तथा फिल्म प्रोड्युसर साजिद नाडियावालाले भनेका हुन् । साजिदले यसको खुलासा कपिल शर्माको शोमा गरेका हुन् । 

साजिद अहिले 'हाउसफुल ४'को प्रमोशनका लागि टीमसहित 'द कपिल शर्मा शो'मा पुगेका थिए । त्यहाँ कपिलले उनको र सलमानको विवाहबारे प्रश्न गरेका थिए । 

त्यसपछि साजिदले सलमानको विवाहसँग जोडिएको एउटा किस्सा सुनाए । उनले भने, 'सन् १९९९ मा सलमानले अचानक बोले कि विवाह गरौं । उसँग त केटी थियो तर मेरो लागि खोज्नुपर्ने भयो । विवाह फिक्स पनि भयो । कार्ड पनि बन्यो । करीब २५ जना विवाहमा आउनुपर्ने थियो । तर ६ दिन अगाडी सलमानले मेरो विवाह गर्ने मूड छैन ।'