शेयर मार्केटमा लगानी गर्न चाहनेहरूका लागि शेयर बजार तालिम

शेयर मार्केटमा लगानी गर्न चाहनेहरूका लागि शेयर बजार तालिम

धनगढी : सुदूरपश्चिम प्रदेशबाट शेयर मार्केटमा लगानी गर्न चाहनेहरूका लागि धनगढीमा शनिबार शेयर बजार तालिम भएको छ ।

सफल नेपाल इन्भेष्टमेन्ट कम्पनी बुटवल र लगानी स्कुल काठमाडौंको आयोजना सञ्चालन गरिएको तालिममा शेयर बजारका विविध पक्षमा जानकारी दिइएको थियो ।

तालिममा सफल नेपाल इन्भेष्टमेन्ट कम्पनीका प्रशिक्षक सन्तोष बजगाईंले शेयर बजारको प्राविधिक ज्ञान, कम्पनी छनौट, शेयर बजारमा प्रवेश गर्ने तरिका र शेयर बजारबाट लाभ लिने तरिकाबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सफल नेपालका अध्यक्ष कमल तिवारीले शेयर बजारको विषयमा नबुझेर प्रवेश गर्दा कैयौ लगानीकर्ताहरू समस्यामा परेको बताए ।

नेपाल पु“जिबजार लगानीकर्ता संघका सुदूरपश्चिम प्रदेश संयोजक कुमार थापाले सुदूरपश्चिममा पनि शेयरमा लगानीको अवसरहरू आउने गरेको भएको पनि त्यसबारे जानकारी नहुँदा स्थानीय लगानीकर्ताहरूले लगानी गर्न नसकेको बताए ।

उनले सुदूरपश्चिममा बन्ने सम्भावना रहेका ठूला परियोजनाहरूको शेयर बजारमा लगानी लाभ गरेर लिन सकिने बताए । तालिममा कम्पनीका कार्यकारी निर्देशक माधवप्रसाद पाण्डेको पनि उपस्थिति रहेको थियो ।