रुविनाको उत्कृष्ट प्रदर्शनमा काठमाडौं क्वालिफायरमा

रुविनाको उत्कृष्ट प्रदर्शनमा काठमाडौं क्वालिफायरमा

कप्तान रुविना क्षेत्रीले दोस्रो अर्धशतक बनाएको दिन क्याट क्विन्स काठमाडौं वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको क्वालिफायरमा पुगेको छ ।

ललितपुर फाल्कन्समाथि ८ विकेटको नतिजा निकाल्दै तेस्रो जित निकालेको काठमाडौं क्याट क्विन्स काठमाडौं प्रतियोगिताको क्वालिफायरमा पुगेको हो । १ सय ६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको काठमाडौं १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टाउन सफल भयो ।

काठमाडौंको जितमा कप्तान रुविनाले उत्कृष्ट प्रदर्शन गरिन् । आफ्नो दोस्रो अर्धशतक बनाएकी रुविनाले ५२ बलमा ९ चौका र १ छक्काको मद्दतमा ५९ रन बनाइन् । रोमा थापाले १८ रन बनाउँदा रश्मी चौलागाईले ९ रन बनाइन् । अप्सरी बेगम ७ रनमा अबिजित रहिन् । ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १–१ विकेट लिइन् ।

यसअघि पहिला ब्याटिङ गरेको ललितपुर फाल्कन्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ५ रन बनाएको थियो । ललितपुरका लागि रोसनी बोहराले अविजित २९ रन बनाएकी थिइन् ।

कप्तान नेरी थापाले २२ रनको जोड्दा गिता गोसाइले १३, ममता चौधरीले १३, करुणा भण्डारीले ८ तथा कृति सेनले ८ रन बनाएकी थिइन् । काठमाडौंकी इश्वरी विष्टले २ विकेट लिदाँ सरस्वती कुमारीले १ विकेट लिइन् ।
४ खेलबाट ३ मा जित निकालेको काठमाडौं ६ अंकसहित क्वालिफायरमा पुग्दा ललितपुर प्रतियोगिताबाट बाहिरिएको छ ।