बर्दगोरिया बाट मोटरसाईकल चोरी गर्ने दुइ जना पक्राउ

बर्दगोरिया बाट मोटरसाईकल चोरी गर्ने दुइ जना पक्राउ

धनगढी : कैलालीको बर्दगोरिया गाउपालिका ४ का तपेन्द्र साउदको मोटरसाईकल चोरी गर्ने दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।  

कार्तिक १ गते साउदको से ७ प २६०९ नम्बरको मोटरसाईकल चोरीभएको सुचना पाएपछि खोजतलास थालेको प्रहरीले बर्दगोरिया गाउपालिका ४ मुढा बजार बस्ने २० बर्षिय कृष्ण साउदको घरको कोठामा लुकाई राखेको अवस्थामा उक्त मोटरसाईकल बरामद गरेको हो ।

घटनामा संलग्न कृष्ण साउद सोही ठाउका अमित टमट्टालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता दक्ष कुमार बस्नेतले जानकारी दिनु भएको छ ।