सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने बझाङमा पक्राउ

सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ ठगी गर्ने बझाङमा पक्राउ

बझाङ : सेनामा जागिर लगाइदिन्छु भन्दै २ लाख रुपैयाँ लिएको आरोपमा बझाङका दिल्लीराज पाध्याय पक्राउ परेका छन् । 

सेनामा जागिर लगाइदिन्छु भनेर थलरा गाउँपालिका वडा नम्बर ८ का पदम सार्कीबाट २ लाख रुपैयाँ लिएको आरोपमा त्यहीँका ३७ वर्षीय दिल्लीराज पाध्यायलाई पक्राउ गरेको प्रहरी निरीक्षक (इन्सपेक्टर) इश्वरीदत्त पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार सेनामा छनोटका लागि भएको अन्तरवार्ताको क्रममा पाध्यायले सार्कीबाट २ लाख रुपैयाँ लिएको खुलेको हो ।