मिस्टर नेपालको अडिसन पहिलो पटक धनगढीमा हुदै

मिस्टर नेपालको अडिसन पहिलो पटक धनगढीमा हुदै

धनगढी । धनगढीमा मिस्टर नेपालको अडिसन हुने भएको छ। विगतका वर्षहरुमा देशका अन्य सहरहरुमा मात्र अडिसन हुने गरेको भएपनि यस वर्ष भने मिस्टर नेपालको अडिसन धनगढीमा पनि हुन लागेको हो।

एक्पोज नेपाल डटकमको आयोजनामा मिस्टर नेपाल २०१९ का लागि अडिसन हुने जानकारी आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै दिईएको छ।

कार्तीक २३ गते देखि अडिसन सुरु हुने मिस्टर नेपालमा १७ वर्ष देखि ३२ वर्ष सम्मका युवाहरुले सहभागिता जनाउन पाउनेछन।
 मिस्टर नेपालको इतिहासमा पहिलो पटक हुन गइरहेको धनगढी अडिसन भने कार्तीक २५ गते हुने मिस्टर नेपाल २०१८ का एसएमएस स्टार जीवन रेग्मीले बताउनु भयो। 
मिस्टर नेपाल विजेता र उपविजेताले विभिन्न ईन्टरनेशनल इभेन्टमा सहभागिता जनाउन पाउने छन ।
 शनिबार आयोजित पत्रकार सम्मेलनमा मिस्टर मोडेल अफ द वर्ल्ड २०१८ का बिजेता तथा मिस्टर नेपालका अफिसियल कोरियोग्राफर दिक्पाल कार्कीको समेत उपस्थिति रहेको थियो ।