डोटीमा बस दुर्घटना : ११ जना घाइते, ६ गम्भीर

डोटीमा बस दुर्घटना : ११ जना घाइते, ६ गम्भीर

डोटी : डोटीको जोरायल गाउँपालिका–२ गरुडमा शनिवार बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार डडेल्धुराबाट महेन्द्रनगरतर्फ आइरहेको ना४ख ८२३५ नम्बरको  बस दुर्घटनामा परेको हो ।

घाइते ११ जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीलाई सामान्य चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय डोटीको प्रहरी उपरीक्षक दिलिप देउवाले जानकारी दिनु भएको छ ।

घाइतेको उपचारको लागि कैलालीको अत्तरियास्थित पदमा अस्पताल र्पुयाएको प्रहरी उपरीक्षक देउवाले बताउनुभयो । घाइतेको उद्धारसँगै घटनाबारे अनुसन्धान पनि थालिएको प्रहरीले जनाएको छ ।