दैनिक कति नुन खाने ? कम वा बढी खाँदा हुने असर यस्तो

दैनिक कति नुन खाने ? कम वा बढी खाँदा हुने असर यस्तो

दैनिक तरकारी, खाजा तथा विभिन्न परिकारमा राखेर नुन खाइन्छ ।

बिहान देखि बेलुकासम्म एक व्यक्तिले कति नुन खान्छ ? दैनिक कति नुन खानु शरीरका लागि उपयुक्त हुन्छ ?

तपाईलाई थाहा छ ? नुन कम वा बढी प्रयोग गर्दा शरीरलाई नकारात्मक असर पर्छ । त्यसैले एक ब्यक्तिले एकदिनमा ५ देखि ६ ग्राम नुन खानु फाईदाजनक छ ।

नुन कम खाँदा हुने समस्या

–रक्तचाप कम हुने,

–खुट्टा बाउडिने,

– रिगंटा लाग्ने,

–एकाग्रता नहुने,

–थकाइ बढि लाग्ने,

– डिहाईड्रेसन हुने ।

नुन बढी खाएमा हुने समस्या

–रक्तचाप र मुटुरोगको जोखिम,

–हड्डी मक्किने,

–पाचन प्रक्रियामा असर पर्ने,

–हर्मोनमा गडबढी हुने,

–स्वासप्रस्वासमा समस्या हुने,

–पानी प्यास लाग्ने,

–जिउ तथा खुट्टा सुन्निने ।