धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग हुने

धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग हुने

धनगढी : धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग हुने भएको छ । पहिलो र दोस्रो संस्करणपछि सस्कार क्रिकेट एकेडेमीले कार्तिक २७ गतेदेखि धनगढीमा निष्ट लिटिल फ्लावर प्रिमियर लिग–२०७५ आयोजना गर्न लागेको हो । 

शनिबार धनगढीमा पत्रकार सम्मेलन मार्फत एकेडेमीले प्रतियोगिताबारे जानकारी दिएको छ । 

संघीय प्रहरी कार्यालय प्रदेश नम्वर ७ को खेल मैदामा हुने प्रतियोगितामा देशभरका १६ वटा विद्यालयको सहभागिता रहने आयोजक सस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन्द्र शाहीले बताउनुभयो । 

त्यसमा सम्वन्धित विद्यालयका विद्यार्थी खेलाडी वाहेक ५ जना बाहिरबाट १९ बर्ष मुनिका खेलाडी पनि समावेश गर्न पाईने छ । 

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ भने उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने शाहीले जानकारी दिनुभयो । 
प्र

त्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ । 
तेस्रो संस्करणको पुरस्कार राशी अघिल्ला दुई संस्करणभन्दा दोब्बर बढी बढाईएको आयोजकले जनाएको छ । 

गत बर्ष भएको दोस्रो संस्करणको विजेतालाई नगद ५० हजार ट्रफी सहित प्रमाणपत्र, उपविजेतालाई २५ हजार नगद सहित ट्रफी प्रदान गरिएको थियो । पहिलो संस्करणमा विजेतालाई नगद २५ हजार र उपविजेतालाई १५ हजार दिईएको थियो । 

घर वलियो वनाउनका लागि जग वलियो हुनुपर्छ भनेझैं नेपाली क्रिकेटको भविष्य वलियो वनाउनका लागि उनीहरुलाई कलिलो उमेरदेखि नै क्रिकेटमा परिपक्क बनाउने र सक्षम खेलाडी उत्पादन गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

प्रतियोगिताको मुख्य प्रायोजक निष्ट कलेज लैनचौर काठमाडौँ रहेको छ भने दोश्रो पुरस्कार प्रायोजन धनगढीको गुरुकुल एकेडेमीले गरेको छ । 

यस्तै सम्भु पुष्तक भण्डार, मयूर ईङलीस बोर्डीङ हाईस्कुल, सुलभ बुक्स एण्ड स्टेशनरी धनगढी, ईमेज बुक्स एण्ड स्टेशनरी र  मृग गारमेन्ट्स चटकपुर कैलालीले पनि प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्नेछन् ।