अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना

बलिउडका अग्रज कलाकार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्। ७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो।

उनको स्वास्थमा एकाएक समस्या देखिपछि मंगलबार २ बजे अस्पताल पुर्याइएको टाइम्स अफ इण्डियाले जनाएको छ। उनलाई आईसियू जस्तै छुट्टै कोठामा राखिएको र आफ्नो परिवारबाहेक अरु कसैलाई भेट्न दिइएको छैन।

बच्चनलाई छिट्टै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। सन् १९८२मा कार दुर्घटना हुँदा उनलाई हेपाटाईटिस बी भाइरसको संक्रमण भएको थियो।