विराटनगर टाइटन्सको दोस्रो जित

विराटनगर टाइटन्सको दोस्रो जित

वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले दोस्रो जित हासिल गरेको छ । दोस्रो खेलमा विराटनगर टाइटन्सले पोखरा पल्टनलाई ६ विकेटले हराएको हो ।

९४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गर्न थालेको विराटनगरले १५ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । टाइटन्सको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रन बनाइन् । लक्ष्मीले ३७ बलमा २ चौका हानिन् । यसैगरी ज्योति पाण्डेले १६ बलमा ४ चौका हान्दै २२ रन बनाउन सफल भइन् ।

डोली भट्टले १२ बलमा १२ रन बनाउन सफल भइन् । अस्मिना कर्माचार्यले २१ बलमा २ चौकाको सहायताले १६  रन बनाइन् ।

यसभन्दा पहिला ब्याटिङ गरेको पोखरा पल्टनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । पोखराका लागि कविताले सर्वाधिक २२ रन बनाइन् । कप्तान सीता रानामगरले १६ रन बनाइन् भने रेवती धामीले १२, अन्जली चन्दले १५ र सरस्वती मगरले १० रन बनाइन् ।