गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ(NRNA)को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। प्रतिस्पर्धी कुल आचार्यलाई पछि पार्दै पन्त विजयी भएका हुन्।  

नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन भएको थियो। बिहीबार रातिबाट सुरु भएको मतगणना सकिए पनि आधिकारिक घोषणा भने गर्न बाँकी रहेको निर्वाचन कमिटीका एक सदस्यले जानकारी दिए। उनका अनुसार पन्तले १०९४ र आचार्य ९५९ मत पाएका छन् ।

प्रारम्भिक नतिजामा आचार्यले लिड गरेपनि पछि पन्तले लिड गरेका थिए। निर्वाचन आयुक्त शिव रिजालले भने मतगणना भइरहेको र केही बेरमा परिणाम सार्वजनिक हुने जानकारी दिए।