कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा श्रेष्ठ

कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा श्रेष्ठ

धनगढी । कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षको जिम्मेवारी बाबुराजा श्रेष्ठलाई दिइएको छ । राष्ट्रीय खेलकुद परिषद्ले आज उहाँलाइ जिम्मेवारी सुम्पीएको जनाएको हो ।

परिषद्का अनुसार अर्को व्यवस्था नभए सम्मका लागी उहाँलाई समितीका सम्पुर्ण गतिविधिहरुको सञ्चालन तथा नियमनका लागी जिम्मेवारी दिइएको हो ।

यो संगै जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहको कार्यकाल सकिए पछी अध्यक्ष विहीन बनेको खेलकुद विकास समितीले नयाँ अध्यक्ष पाएको छ । नव नियुक्त अध्यक्ष श्रेष्ठ जिल्ला खेलकुद विकास समितीकै वर्तमान उपाध्यक्ष समेत हुनुहुन्छ ।