यूएईका कप्तानसहित तीन खेलाडी प्रतिबन्धित

यूएईका कप्तानसहित तीन खेलाडी प्रतिबन्धित

युनाइटेड अरब इमिरेट्स(यूएई)का कप्तान मोहमद नाभिदसहित ३ खेलाडी प्रतिबन्धमा परेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले म्याच फिक्सिङको आरोपमा कप्तान नाभिदसहित शाइमन अनवर र क्वाडर अहमेदलाई प्रतिबन्ध लगाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै आईसीसीले तत्काल लागू हुनेगरी निलम्बन गरेको उल्लेख गरेको छ । 

फिक्सिङसँगै भ्रष्टाचार सम्बन्धि १३ नियम उल्लंघन गरेका कारण निलम्बन गरेको जनाएको आईसीसीले १४ दिन भित्र आरोपको जवाफ पठाउन निर्देशन दिएको छ ।

३ खेलाडी प्रतिबन्धमा परेपछि युएईलाई समस्या भएको छ । यूएईमा शुक्रबारबाट टि–ट्वान्टी विश्वकप छनोट अन्तर्गत अन्तिम चरणको ग्लोबल छनोट हुँदैछ ।