पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लिने दिने सात जना धनगढीमा पक्राउ

धनगढी खबर    

पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै पैसा लिने  दिने सात जना धनगढीमा पक्राउ

धनगढी : प्रहरीको नियन्त्रणमा रहेको व्यक्तिलाई छुटाई दिने भन्दै पैसा लिने र दिने सातजनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ । असोज २७ गते प्रहरीले भारतबाट अवैध तरिकाले दुई क्वीन्टल माछा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको थियो ।

उनीहरुलाई छुटाइ दिने भन्दै पैसा लिएका धनगढी उपमहानगरपालिका–२ बस्ने गुड्डु सिंह भन्ने सुमित सिंह, वडा नम्बर ३ का विनोद शर्मा, २ का सुमन शर्मा, वडा नम्बर १ पशुपति टोलका बब्लु राइन भन्ने हरिष कवाडीलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी, भारतको लखिमपुर खिरीका काले भन्ने हाइदर अली, अकबर अली र मोहम्मदलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सुमित र विनोदले पक्राउ परेका व्यक्तिका आफन्तहरुलाई भारतको पलियाबाट धनगढी बोलाएर नगद ५९ हजार रुपैयाँ र ४१ हजार रुपैयाको चेक लिएका थिए ।

उनीहरुले जिल्ला प्रहरी कार्यालयमा आएर छुटाएको जस्तो भ्रम सृजना गरेको तर नसकेपछि आफन्तलाई पैसा फिर्ता गरेको प्रहरीले जनाएको छ । यसैबीच, पक्राउ परेका व्यक्तिलाई अब यस्तो गतिविधि नदोहो¥याउने सर्तमा प्रहरीले आफन्तको जिम्मा लगाएको थियो ।

तर, राइन भन्ने हरिष कवाडीले आफूले पहल गरी छुटाएको भन्दै नगद ६० हजार र ४० हजार रुपैयाँको चेक लिएको खुल्न आएपछि लिनदिने सबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिनु भएको छ ।



बिहिबार ३०, असोज २०७६ १२:१४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस