क्रिकेटर सन्दीप लामिछाने 'दि हन्ड्रेड' र 'टी-२०' लिग' क्रिकेटमा अनुबन्धित भएका छन्। इङ्ल्यान्ड र वेल्समा सन् २०२० को जुलाई १७ देखि अगस्ट १६ सम्म आयोजना हुने 'द हन्ड्रेड' क्रिकेटको ड्राफ्टबाट सन्दीपलाई बर्मिङ्घम फिनिक्सले एक लाख पाउन्ड (एक करोड ४६ लाख) नेपाली रुपैयाँमा अनुबन्ध गरेको हो।
सन्दीपलाई बुधबार राति बिर्मिङहाम फोनिक्सले अनुबन्धित गरेको हो ।
यस्तै युनाइटेड अरब इमिरेट्स (युएई) मा हुने टी-१० लिगका लागि जारी ड्राफ्टबाट लेग स्पिनर सन्दीपलाई कर्नाटकाले पहिलो चरणमा लिएको हो।विदेशी कोटामा अनुबन्धित भएका सन्दीपले ४५ हजार अमेरिकी डलर पाउने छन् । सन्दीपले गत सिजन केरला किङसबाट खेलेका थिए।
आबु धाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आगामी नोभेम्बर १५ देखि २४ सम्म आयोजना हुने लिगमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन्।