रुविनाको अविजित ८० रनको मद्दतमा पोखरालाई १५३ रनको लक्ष्य

रुविनाको अविजित ८० रनको मद्दतमा पोखरालाई १५३ रनको लक्ष्य

कप्तान रुविना क्षेत्रीको अविजित ८० रनको मद्दतमा क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको क्याट क्विन्स काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा पोखरा पल्टनलाई १ सय ५३ रनको लक्ष्य दिएको हो । क्विन्स काठमाडौंका लागि कप्तान रुविनाले अविजित ८३ रन बनाइन् । ६७ बल खेलेकी रुविनाले १४ चौका २ छक्का प्रहार गरेकी थिइन् । 

रोमा थापाले १९ रन बनाउँदा शोभा आलेले १२ तथा इश्वरी विष्ट १० रनमा अबिजित रहिन् । पोखराका अनुराधा चौधरीले ४ विकेट लिइन् । १ विकेट कविता कुँवरको नाममा रह्यो । 

१ सय ५३ रनको भारी लक्ष्य पाएको पोखराले अहिले जवाफी ब्याटिङ गर्दैछ । काठमाडौं  दोस्रो खेलमा पहिलो जित निकाल्ने लक्ष्यमा रहँदा पोखरा सुरुआती खेलमा विजय नतिजा निकाल्न चाहान्छ । काठमाडौं यसअघि पहिलो खेलमा चितवन राइनोजसँग ५ विकेटले पराजित भएको थियो । 

आज दिउँसो हुने अर्को खेलमा ललितपुर फाल्कोन्स र विराटनगर टाइटन्स आमने सामने हुनेछन् ।