सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा दल बिशेषको नभई संरचनागत कमजोरी : नेता रावल

सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा दल बिशेषको नभई संरचनागत कमजोरी : नेता रावल

धनगढी : नेकपाका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज भिम रावलले सुदूरपश्चिम प्रदेशलाई हेर्न काठमाण्डौंको दृष्टिकोणमा संरचनागत समस्या रहेको बताउनुभएको छ ।

बुधबार धनगढीमा नेकपा निकट दुई प्राधयपक संगठनहरुको प्रदेश समितिले संयुक्त रुपमा आयोजना गरेको शुभकामना अदान प्रदान कार्यक्रममा बोल्दै नेता रावलले सुदूरपश्चिमको विकास लगायतका समस्याको समाधानका लागि आफु लगायत सुदूरपश्चिमका नेताहरुले दिएको सुझावलाई वेवास्ता गर्ने र यहाँको विकासमा चासो नराख्ने प्रवृति दल विशेषको समस्या नभएर संरचनागत समस्या रहेको बताउनुभयो ।

उहाँले सुदूरपश्चिमलाई हेर्ने संरचनागत दृष्टिकोणमा परिवर्तन ल्याउन बुद्धिजिवीहरुले समेत बोल्नुपर्ने बताउनुभयो । बुद्धिजिवीहरुको बहशले पनि सुदूरपश्चिमलाई हेर्ने संरचनात्मक समस्या हटाउन सहयोग पुग्ने उहाँको भनाई थियो ।

नेपाल प्रगतिशिल प्राध्यापक संगठन र राष्ट्रय प्राध्यापक संगनले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा नेकपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले प्रदेशकाम समस्यामा अध्ययन तथा अनुसन्धान गरेर बुद्धिजिवीहरुले योगदान दिनुपर्ने बताउनुभयो ।