घाँटीमा समस्या देखिएपछि भीम रावलले सेती प्रादेशिक अस्पतालमा उपचार गराए

घाँटीमा समस्या देखिएपछि भीम रावलले सेती प्रादेशिक अस्पतालमा उपचार गराए

धनगढी : नेकपामा स्थायी समिति सदस्य तथा सुदरपश्चिम प्रदेश इञ्चार्ज भीम रावलले घाँटीमा समस्या देखिएपछि बुधबार सेती प्रादेशिक अस्पतालमा उपचार गर्नुभएको छ ।

एक हप्ता देखि लगातार धनगढीमा रहनुभएका नेता रावले घाँटीमा खसखस भएर बोल्न समस्या हुन थालेपछि बुधबार सेती अस्पतालको बहिरङ्ग बिभागमा उपचार गराउनु भएको हो ।

धनगढीमा मोहना अत्तरिया ६ लेन सडक निर्माण भइरहेको र निर्माण सम्बद्ध पक्षहरुले सडकमा उडिरहेको धुलोको वाीता नगर्दा घाँटीकाने समस्याका धेरै बिरामीहरु सेती अस्पतालमा उपचारका लागि पुग्ने गरेका छन् ।

६ लेन सडकको पश्चिमा पट्टि नेकपाको प्रदेश कमिटीको कार्यालय रहेकोले सोही क्षेत्रका बसेर पार्टीका कामका सक्रिय नेता रावललाई धुलोकै कारण घाँटीमा समस्या देखिएको र समस्या खासै ठूलो नभएकोले सामान्य उपचार गरिएको उपचारमा संलग्न सेती अस्पतालका नाक कान तथा घाँटी रोग बिशेषज्ञ डा. अशोक श्रीपाइलीले बताउनुभयो ।

उहाँले नेता रावलाई औषधी संगैं धेरै नबोल्न र आराम गर्न सल्लाह दिएको बताउनुभयो ।