एसिड पीडित मुस्कान खातुनलाई भेटे पारस खड्काले

एसिड पीडित मुस्कान खातुनलाई भेटे पारस खड्काले

एक महिनाअघि वीरगञ्जमा १५ वर्षीया बालिका मुस्कान खातुनलाई स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए । अहिले उनको कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ । 

यही सन्दर्भमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक उमेश पटवाल, पारस खड्का, सोमपाल कामी लगायतका खेलाडीले भेट गरेका छन् । यसका साथै बलिउड अभिनेता अमिताभ बच्चनसँग उत्तराखण्डको नैतीतालमा रहेको शेरवुड कलेजमा सँगै पढेका नेपाली साथी उज्ज्वल थापा पनि हुनुहुन्थ्यो । 

पारस खड्काले मुस्कान खातुन सबैका लागि प्रेरणाको स्रोत भएको बताएका छन् । उनले मुस्कानको हौसला बढाउँदै सधैभरि हाँसिरहन भनेका छन् । साथै पारसले यस्तो जघन्य अपराध गर्नेहरुविरुद्ध सरकारले कडा कदम चाल्नुपर्ने बताएका छन् ।

अन्य खेलाडीहरुले पनि मुस्कानको स्वास्थ्यलाभको कामना गरेका छन् । 

यसअघि नेपाली कलाकार लगायत बलिउडका अभिनेता अमिताभ बच्चन, शाहरुख खान वरुण धावन र अभिनेत्री कृति सेनन लगायतले भिडियाे सन्देश पठाएर मुस्कानकाे हाैसला बढाउने काम गरेका थिए । 

Paras Khadka@paras77

Muskaan is a delight,she is an inspiration for all of us.
May god give her the courage to smile like she does all throughout her life.
The government must come up with the strongest action against the culprits who have commited this heinous crime.
All of us are with you muskaan.

View image on Twitter

664

12:50 PM - Oct 16, 2019

Twitter Ads info and privacy

113 people are talking about this

वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बिहान विद्यालय जाँदै गरेको बेला उनीमाथि गएको भदौ २० गते स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए ।