जन्मदिनको अवसरमा पनेरूले गरे असहायलाई सहयोग

धनगढी खबर    

जन्मदिनको अवसरमा पनेरूले गरे असहायलाई सहयोग

धनगढी : सामाजिक कार्यमा सक्रिय युवा नवीन पनेरूले आफ्नो जन्मदिनको अवसरमा असहायलाई सहयोग गरेका छन । उनले धनगढीस्थित मानव सेवा आश्रमको  संरक्षणमा रहेका असहायहरुलाई खाद्यान्न तथा लत्ताकपडा  सहयोग गरेका हुन ।

उनी सामाजिक कार्यमा सक्रिय युवाहरुको समूह हेल्प फर ह्याप्पिनेसको आपतकालीन असहाय सहयोग कोषका सदस्य र  स्वस्फूर्त युवा समुहका सकृय सदस्य हुन् ।

मंगलबार एक कार्यक्रमका बिच उनले साबुन, सोडा, नुन, चाउचाउ, बिस्कुट, नम्किन, पास्ता, डेटोल गरि ७० जोड कपडाहरु पनि आश्रमका सेवक अच्युत घिमिरे लाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा विभिन्न सामाजिक कार्यमा सक्रिय युवाहरुको उपस्थिति रहेको थियो ।


 



बुधबार २९, असोज २०७६ ०२:४४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस