डब्लुसिएल टि–ट्वान्टी क्रिकेट आजबाट सुरु

डब्लुसिएल टि–ट्वान्टी क्रिकेट आजबाट सुरु

पहिलो पटक आयोजना गरिएको वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ । क्विन्स ईभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गरेको फेन्चाइज वुमन्स च्याम्पियन्स लिग आजबाट सुरु भएको हो । प्रतियोगिताको उद्घाटन खेलमा चितवन राइनोज र क्याट क्वीन्स काठमाडौं खेल्दैछन् । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल केहीबेरमा सुरु हुनेछ । राष्ट्रिय टोलीकी कप्तान समेत रहेकी रुविना क्षेत्री क्वीन्स काठमाडौंको कप्तानी गर्दैछन् । इन्दु बर्माले चितवनको नेतृत्व गर्दैछन् ।

कात्तिक ७ सम्म चल्ने लिगमा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौं, चितवन राइनोज र विराटनगर टाइन्टस टोली सहभागि छन् । 

विजेताले ७ लाख र उप विजेता टोलीले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।