नेकपा सुदुरपश्चिम प्रदेशको चियापान कार्यक्रम धनगढीमा सम्पन्न

नेकपा सुदुरपश्चिम प्रदेशको चियापान कार्यक्रम धनगढीमा सम्पन्न

धनगढी : नेपाल कम्युनिस्ट पार्टी सुदुरपश्चिम प्रदेशले धनगढीमा चियापान कार्यक्रमको आयोजना गरेको छ । विजया दशमी, दीपावली तथा छठ पर्बको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

चियापान कार्यक्रममा नेकपाका प्रदेश इन्चार्ज तथा स्थायी कमिटी सदस्य भीम रावल, प्रदेश अध्यक्ष कर्ण थापा, स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री लेखराज भट्ट, सह–इन्चार्जहरू, सचिव, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रदेशका सभामुख, उपसाभामुख, मन्त्री, सुरक्षा निकायका प्रमुख लगायत नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज भीम रावलले चाडपर्व मन माझ्ने माध्यम रहेको बताउनुभयो । दशैं, दिपावली तथा छठपर्वको अवसरमा नेकपा सुदूरपश्चिमले मंगलबार धनगढीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता रावलले चाडपर्वको अवसरमा जमघट हुँदा मनकाकुरा एक अर्कालाई राख्ने अवसर जुट्ने गरेको बताउनुभयो ।

उहाँले पार्टीले आयोजना गरेको शुभकामना आदानप्रदानले विकास र समृद्धिका लागि प्रेरणा प्रदान गरेको बताउनु भएको छ ।