प्रदेश ७ : नीति तथा कार्यक्रममा छलफल हुने

प्रदेश ७ : नीति तथा कार्यक्रममा छलफल हुने

चैत्र ३०, २०७४ - ७ नम्वर प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा आज छलफल हुने भएको छ । दिउँसो १ बजे बस्ने सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । प्रदेश प्रमुख मोहनराज मल्लले चालु आर्थिक वर्षको ३ महिनाका लागि ल्याउन लागेको बजेटको नीति तथा कार्यक्रम हिजो प्रस्तुत गर्नुभएको थियो । 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले भोली १ अर्ब २ करोड ५ लाख रुपैयाँको अल्पकालिन बजेट ल्याउने तयारी छ । यसैबीच प्रदेश ४ मा समेत प्रदेश सभाका सभापति चयन लगायत विभिन्न समितिहरुमा पदभार चयन गर्न बैठक बस्ने भएको हो ।