राजपाका सांसद प्रमोद यादवविरुद्ध पक्राउ पुर्जी जारी

राजपाका सांसद प्रमोद यादवविरुद्ध पक्राउ पुर्जी जारी

राष्ट्रिय जनता पार्टी 'राजपा'का सांसद प्रमोद कुमार शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सांसद साहले जनकपुर सोमवार विमानस्थलमा तोडफोड गरेका थिए ।

सोमवार बिहान साढे ११ बजेको बुद्ध एयरको विमान २ बजेसम्म पनि नआएपछि आक्रोशित हुँदै तोडफोड गरेका थिए । 

'जिल्ला प्रहरी धनुषामा उनीविरुद्ध मुद्दा दर्ता भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ,' जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रवक्ता रामेश्वर कार्कीले भने ।