पारस खड्काले त्यागे राष्ट्रिय टिमको कप्तानी

पारस खड्काले त्यागे राष्ट्रिय टिमको कप्तानी

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले राजीनामा दिएका छन् । खड्काले क्यानसमक्ष आज राजीनामा बुझाएका हुन् ।

खड्का १० वर्षदेखि राष्ट्रिय टोलीका कप्तान थिए । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपालको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले विज्ञप्ति जारी गर्दै कप्तानी छाडेको बताएका हुन् ।

उनको कप्तानीमा नेपालले टी–ट्वान्टी विश्वकप खेल्यो भने एक दिवसीय मान्यता पनि पायो । अब नेपाल टेष्ट नेशन बन्ने लक्ष्यका साथ अगाडि बढिरहेको बेला पारसले कप्तानी हस्तान्तरणको निर्णय लिएका हुन् ।